भौतिक तथा प्राविधिक रुपले पोखरा नवौंका लागि तयार छ–उपनिर्देशक दाहाल

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहालले प्राविधिक र भौतिक रुपले पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार रहेको बताएका छन् ।

आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रारम्भिक रुपमा खेलस्थल अवलोकनका लागि पोखरा आएका दाहालले उक्त कुरा बताएका हुन् । पोखरा स्पोर्टस संग कुरा गर्दै उपनिर्देशक दाहालले भने–“नवौंका लागि प्राविधिकरुपमा पोखरा तयार भए पनि छोटो अवधिमा धेरै कार्य सम्पन्न गर्नेपर्ने हुन्छ ।”

प्रतियोगिताको अवधि खेलाडीहरुको तयारीका लागि छोटो भए पनि नवौं गर्नै पर्ने वाध्यत्मक अवस्था समेत रहेको दाहालले बताए । “१९ औं एसियन खेलका लागि समेत खेलाडी छनौटका लागि नवौं राष्टिय खेलकुद महत्वपूर्ण छ,” उनले थपे–“तर पनि छोटो समय भएका कारण सोचे जस्तो गरी परिणाम भने नआउन सक्छ ।” पोखरामा केही खेलहरु हुने वा नहुने द्विविधा रहि रहेको बेला शुटिङ खेल भने पोखरामा हुने बारे अझै छलफल भइरहेको उनले बताए । उनले भने–“शुटिङ खेलका सामाग्रीहरु निकै ‘सेन्सेटिभ’ हुन्छन काठमाण्डौबाट पोखरा ढुवानी र यहाँ ल्याएर जडान गरी शुरक्षित वातावरणमा प्रतियोगिता आयोजना गर्न चुनौती छ ।”

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी उत्पादनका लागि थलो बन्नेमा कुनै द्विविधा नरहे पनि प्रशिक्षण लगायतका कारणले खेलाडीलाई तयारीका लागि प्रयाप्त समय भने नपुग्ने उनले बताए । “खेलाडीले कम्तिमा तिन महिनाको बन्द प्रशिक्षण गरी उत्कृष्ट नतिजा प्राप्त हुन्छ त्यो भने हामीले सोचे जस्तो नहुन सक्छ यद्यपी प्रतियोगिताका हिसावले नयाँ खेलाडी उत्पादन हुन्छन् भन्ने कुरामा म विश्वस्त भने छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close