
पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघले १९ औं एसियन गेम्सका लागि बिहिबारबाट खेलाडी छनौट सुरु गरेकोछ ।
ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० बरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरुका विच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् ।
तीन दिन सम्म संचालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाईने समेत अध्यक्ष श्रेष्ठले जनाए ।
