पोखरा स्पोर्टस । पोखरा रंगशालामा ३९ वर्ष पछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । तर चार दशक वितिसक्दा समेत पोखरा रंगशालामा पौडी पोखरी भने निर्माण हुन सकेन ।
दर्जनौ पटक पौडी पोखरी निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले पहल गरेको भए पनि मोफसलको खेलकुद विकास देख्न नचाहने चाहे त्यो पञ्चायतको सरकार होस् वा २०४६ पछि निर्माण भएको प्रजातान्त्रिक सरकार वा ०६२/०६३ को जनआन्दोलन पछि बनेको गणतान्त्रिक सरकार पोखरा रंगशालामा पौडी पोखरी सपनामा मात्रै सिमित भएको छ ।
पौडी पोखरी निर्माणका लागि दर्जनौ पटक योजना बने । कुनै मौखिक कुनै लिखित । कहिले हिटिङ त कहिले के तर ति योजनाहरु दराजमा नै थन्किए । प्रजातन्त्र प्राप्ती पछि समेत राखेपमा सदस्य सचिव जिम्मेवारी सम्हालेका सदस्य सचिवहरुले पौडी पोखरी निर्माणको कुरा अघि सारे तर ति फोस्रा गफमा सिमित भए । यति बेला पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद आयोजना गरेको पोखराले ३९ वर्ष पछि पुनः अवसर पाएको छ । तर पोखरा रंगशालामा पौडी पोखरी बिनानै राष्ट्रिय प्रतियोगिता हुँदै छ ।
राखेपले तिन वर्ष अिघ पोखरा रंगशालामा पौडी पोखरीका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार ग¥यो । करिव ४८ करोड लागतमा तयार गरिएको डिपिआर यति बेला दराजमा गुँड लगाएको छ । चालु अर्थिक वर्षमा संघिय सरकारले पौडी पोखरीका लागि ५ करोड विनियोजन ग¥यो । तर बजेटको शुनिश्चितता नहुँदा डिपिआर डिपिआरमा नै सिमित हुन पुगेको छ ।
राखेपमा पटक पटक फेरिएका सदस्य सचिब देखि संघिय सरकारमा रहेका खेलकुद मन्त्री सम्म समेत पोखरा रंगशालाको पौडी पोखरीबारे आवाज उठ्यो । पोखरा रंगशालामा ति मन्त्री र सदस्य सचिवहरुले अवलोकन भ्रमणमा समेत पौडी पोखरी बनाउने प्रतिवद्धता जनाए । तर पोखरा विमानस्थलबाट जहाजले भुँई छोड्ने वित्तिकै उनीहरुले ति प्रतिवद्धता विर्सिए । देशकै ठूलो क्षेत्रफल र धेरै पूर्वधारयुक्त पोखरा रंगशाला भए पनि पौडी पोखरी र शुटिङ कभर्डहल नहुँदा नुुन नभएको तरकारी जस्तै बताउँछ्न् खेलाडी र प्रशिक्षकहरु ।
अब पोखरामा राष्ट्रिय खेलकुद शुरु हुन ३८ दिन बाँकी छ । तर पौडी पोखरी ३९ वर्षको पोखराको खेल इतिहासको पानामा मात्रै सिमित भएको छ । नवौंमा पौडी पोखरीको निर्माण हुन्छ भनेर धेरै पोखरेली खेलप्रेमीहरुले बुनेको सपना सपनामा नै सिमित हुने भएको मात्रै छैन पोखरा रंगशालाको दक्षिणतर्फ पौडी पोखरीका लागि छुट्टाइएको जग्गा झाडीमा परिणत हुने भएको छ ।
