खेलकुद मन्त्री गहतराज र राखेपका सदस्य सचिव घिसिङ पोखरामा

पोखरा स्पोर्टस । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका सिलसिलामा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज सहित मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ सहितको टोली आज पोखरा आएको छ ।

पोखरामा यहि जेठ २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मन्त्री गहतराज सहितको टोली पोखरा आएको हो । पोखरा आएको टोलीलाई राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगी लगायतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा आएको टोलीले पूर्वाधार निरिक्षण सहित, गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपाली संग भेटघाट गर्ने कायक्रम रहेको छ । यसै गरी राखेपले भोली (बिहिबार) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बारे अन्तक्रिया सहित पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

पोखरा आएको संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री गहतराज सहित गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, संधिय यूवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी सहितको टोली संग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बारे आन्तरिक छलफल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close