फुटबलकी पूर्व राष्ट्रिय खेलाडी नन्दाको निधन

पोखरा स्पोर्टस । फुटबलकी पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी नन्दा थापाको निधन भएको् छ ।

काठमाण्डौं शिक्षण अस्पतालमा उपचारको क्रममा उनको ५३ वर्षको उमेरमा सोमबार राति ८ बजे निधन भएको हो । करिव दुई साता अघि उनको मुटुको शल्यक्रिया गरिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) की वोर्ड सदस्य रेणुका श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएकी छन् ।

लालितपुर बागडोल निवासी उनको आज पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । उनको एक छोरी छन् ।

राखेप सदस्य श्रेष्ठले उनको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close