कास्की टेनिस संघले सिटिजन्स ओपन टेनिसमा सहभागिता जनाउने

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघले काठमाडौमा सञ्चालन हुने आठौं सिटिजन्स बैंक ओपन टेनिस प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

यहि बैशाख ११ गतेबाट शुरु हुने उक्त प्रतियोगितामा प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई आज कास्की टेनिस संघले विदाई गरेको छ । कास्की जिल्ला टेनिस संघको नेतृत्वमा कास्कीबाट खुला र भेट्रान्सतर्फ गरी २३ जनाले सहभागिता जनाउने संघका सचिव नविन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रदिप खडका, आशिष खड्का, सौगात विक, बिबेक मगर र प्रमोद बहादुर थापाले प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै ३५ वर्ष माथी सिंगल्समा रोवर्ट जे हान, अनिल साई, विकास गुरुङ, निरज थापा, लोक बहादुर गुरुङ, लक्ष्मण तामाङ, भिष्मराज पौडेल सहभागिता जनाउने छ्न् ।

त्यसैगरी ४५ वर्ष माथीको सिंगल्समा गोपी भट्टराई, नविन चालिसे, विकाश गुरुङ, हुम आले, अनुज कुमार बास्तोला, राज कुमार घिमिरे र शरण गुरुङको सहभागिता रहने संघले जनाएको छ ।

पुरुष ५५ वर्ष भन्दा माथीको सिंगल्स इभेन्टतर्फ बिनोद कायस्थ, बसन्त प्रधान, समिरमान शेरचनले र राजकुमार गुरुङले प्रतिष्पर्धा गर्ने जनाइएको छ ।

सहभागि खेलाडीहरुले भेट्रान्स डवल्सतर्फको विभिन्न उमेर समुहको  इभेन्टमा समेत सहभागि जनाउने भएका छन् ।

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा देश भरिका करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा १० स्पर्धामा खेल हुनेछ । पुरुष र महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुने छ ।

दसै स्पर्धामा नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close