
पोखरा स्पोर्टस । नेपाल स्की संघको अध्यक्षमा जिवनराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संघको आइतबार सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठसहित १९ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । पूर्व मन्त्री समेत रहेका निर्वाचित अध्यक्ष श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत् हुन् ।
यसै गरी संघको ४ उपाध्यक्ष पदमा क्रमश राजु बाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई निर्वाचित भए ।
त्यसै गरी संघको महासचिवमा विजय श्रेष्ठ र २ सचिव पदमा क्रमश वशन्त कार्की र शान्ता मायाँ परियार तथा कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचित अधिकृत बसन्त बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
यसै गरी कार्यसमितिको सदस्यमा कृपा श्रेष्ठ, लामा काजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या वाङदी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्र कुमार श्रेष्ठ, फुन्जो लामा र भाइ कृष्ण बलामी निर्वाचित भएका छन् ।
यस अघि संघको साधारण सभा तथा अधिवेशनको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।
नव निर्वाचित श्रेष्ठले नेपालमा स्की खेलको विकासका लागि नयाँ योजना सहित अघि बढ्ने घोषणा गरेका छन् । उनले नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
निर्वाचित कार्यसमितिलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, नेपाल पौडी संघका अशोक वज्राचार्यले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संघको निर्वाचन प्रक्रिया प्रमुख अधिकृत वसन्तबहादुर वस्नेतसँगै निर्वाचन अधिकृत डोल्मा लामा र ज्ञानेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए।
संघले राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा नयाँ खेलकुद ऐन अन्तर्गत संघको स्वायत्तताको मूल सिद्धान्त अनुसार नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै संघमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि पूर्णरुपमा लागू गरिएको छ ।
