कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्जवल रञ्जित निर्वाचित

पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्जवल रञ्जित निर्वाचित भएका छन् ।

पोखरामा बुधबार सम्पन्न निर्वाचनमा उज्जवल १४ मत प्राप्त गर्दै निर्वाचितभएका हुन् । उनका प्रतिष्पर्धी बिनोद गुरुङले ७ मत प्राप्त गरेका थिए । संघको निर्वाचनमा तिन जना उम्मेदवार थिए । पहिलो पटक भएको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत प्राप्त गर्न नसकेपछि दोश्रो चरणको निर्वाचन भएको थिए । पहिलो चरणमा नविन पुन ५ मत प्राप्त गर्दै मतदान प्रक्रियाबाट बाहिएिका थिए । पहिलो चरणमा बिनोदले ७ र उज्जवलले ९ मत प्राप्त गरेका थिए ।

दोश्रो पटक भएको निर्वाचनमा उज्जव रञ्जितले वाजी मारे । कुल २२ मतमा १ मत बदर भएको निर्वाचन अधिकृत केशवराज बरालले जानकारी दिएका छन् । अध्यक्ष पद बाहेक अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

यसै गरी तिन जना उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा सुनिल गायक, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ, टंकप्रसाद गुरुङ, शोभा बानियाँ (महिला सदस्य) सर्वसम्मत भएको निर्वाचन अधिकृत बरालले जानकारी दिए ।

निर्वाचन अघि भएको खुल्ला सत्रलाई कास्की जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष महेश गुरुङले उद्घाटन गरेका थिए । उनले कास्कीको फुटबल विकासका लागि एक जुट हुनुपर्ने कुरा औंल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close