दृष्टिविहिन महिला टि–२० विश्वकपका लागि नेपालको खेल तालिका सार्वजनिक

पोखरा स्पोर्ट्स । क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड, नेपाल (क्याब नेपाल) ले आगामी दृष्टिविहिन महिला टि–२० क्रिकेट विश्वकप २०२५ का लागि खेल तालिका सार्वजनिक भएको जनाएको छ ।  प्रतियोगिता नोभेम्बर ११ देखि २३ सम्म भारतको नयाँदिल्ली र बैंगलोर तथा श्रीलंकाको कोलम्बोमा आयोजना हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल नयाँदिल्लीमा भारत र श्रीलंकाबीच हुनेछ भने फाइनल खेल नोभेम्बर २३ मा कोलम्बोमा हुनेछ ।

पहिलो पटक आयोजना हुन लागेको यस ऐतिहासिक प्रतियोगितामा नेपाल, भारत, अष्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ग्ल्याण्ड गरी ७ राष्ट्र सहभागी हुनेछन् । प्रतियोगितामा भारत र श्रीलंकमा आयोजना हुनेछ । जस मध्ये नेपालले आफ्ना केही खेल भारतको दिल्ली, बैंगलोर र श्रीलंकाको राजधानी कोलोम्बोमा खेल्नेछ । नेपालले पहिलो चरणका चार खेल भारत र दुई खेल श्रीलंकामा खेल्ने तय भएको छ । 

नेपाल महिला दृष्टिविहिन क्रिकेट टोलीले विश्वकपअघि काठमाडौंमा १० दिनको विशेष प्रशिक्षण सम्पन्न गरेको छ भने नोभेम्बर २ देखि ८ सम्म (कार्तिक २२ देखि २८) पोखरा क्रिकेट मैदानमा अभ्यास सत्र सञ्चालन गर्दैछ ।

नेपाली टोलीको खेल तालिका 
नोभेम्बर १२, नेपाल र श्रीलंका – कर्णेलसिंह स्टेडियम, नयाँदिल्ली, भारत
नोभेम्बर १४, नेपाल र भारत – बैंगलोर, भारत
नोभेम्बर १५, नेपाल र इङ्ग्ल्याण्ड – बैंगलोर, भारत
नोभेम्बर १६, नेपाल र अमेरिका – बैंगलोर भारत 
नोभेम्बर १८, नेपाल र अष्ट्रेलिया – एयरफोर्स ग्राउन्ड, कोलम्बो
नोभेम्बर १९, नेपाल र पाकिस्तान – एयरफोर्स ग्राउन्ड, कोलम्बो 
फाइनल खेल नोभेम्बर २३, कोलम्बो, श्रीलंकामा हुने तय भएको छ ।

क्याब–नेपालले पहिलो पटक आयोजना हुन लागेको टि–२० विश्व दृष्टिविहीन महिला क्रिकेट विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिसकेको छ । नेपाली टिमको कप्तानी गीता पौडेलले सम्हाल्ने भएकी छन् ।  टिममा विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका छन् ।

त्यस्तै पुरनसिंह खत्रीलाई प्रमुख प्रशिक्षक, नरेन्द्र निरौलालाई सहायक प्रशिक्षक र भगवती भट्टराई बराललाई टिम म्यानेजरका रूपमा चयन गरिएको छ ।

नेपालले दृष्टिविहिन महिला विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदैछ ।  यस सहभागितालाई नेपालमा दृष्टिविहिन महिला खेलाडीको सशक्तिकरण र अन्तर्राष्ट्रिय स्तरमा उपस्थितिको महत्वपूर्ण कदमका रूपमा हेरिएको क्याव नेपालका अध्यक्ष पवन घिमिरेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close