राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिता जारी

पोखरा स्पोर्टस । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरा रंगशालामा भएको नाईन ए र्साइड भेट्रान फुटबल प्रतियोगितामा शनिबार ६ खेल सम्पन्न भएको छ ।

आज सम्पन्न पहिलो खेलमा संगम बीले वोलुङ ठमेल एफसीललाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो । । नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए । अर्को गोल भने महेन्द्र गुरुङले ४८ मिनेटमा गरेका थिए । नरेन्द्रलाई प्लेयर अफ दि म्याचको पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी दोस्रो खेलमा फ्रिडम फाईटरले हेटौडा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । फ्रिडमका लागि राजकुमार घिसिङले १६ र ५१ औं मिनेटमा गोल गरे । विक्रम श्रेष्ठले पनि ४१ औं मिनेटमा एक गोल हिर्काए । हेटौडाको नागसोती भेट्रानलाई जोरपाटी भेट्रान काठमाडौंले १ का विरुद्ध २ गोलले पराजित गरेको थियो । रन्जित लामा र निमा लामाले जोरपाटीका लागि एक/एक गोलको योगदान दिए । सुलभजंग राणाले एक गोल फर्काए ।

ठमेल एमफसीलाई चितवन भेट्रानले हरायो । चितवनका लागि भरत गुरुङ र सुरेन्द्र चौधरीले क्रमश ३४ र ४७ औं मिनेटमा गोल गरे । केशवकुमार कार्की प्लेयर अफ दि म्याच घोषित भए । सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–० गोलले पराजित गर्यो । सागर थापाले दुई र शुक्र तामाङले एक गोल । सागर प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा सहभागि भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मस्र्याङ्दी क्लबले वाकओभर प्राप्त गरेको छ ।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा पोखरा, काठमाडौं, हेटौडा, वालिङ लगायतका शहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको छ ।

प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, दुई सेमिफाईनलिष्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close