नुवाकोटे टाइगर बने हेविवेट च्याम्पियन

पोखरा स्पोर्टस । दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीकार नुवाकोटको गुप्तेश्वरमा भएको डेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन् ।

डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्रप्त गरेका छन् ।

त्यस्तै त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनेका छन् । उनले नगद ४५ प्राप्त गरे ।

महिलातर्फको उपाधि टनुले जितेकी छन् । उनले आकृतीलाई हराएकी थिइन् । उनले ४० नगद प्राप्त गरिन् ।

ट््याक टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्रप्त गरे ।

उनीहरुलाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे ।

त्यसअघि प्रतियोगिताको उद्धघाटन पूर्व मन्त्री प्रकाशरण महतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close