
पोखरा स्पोर्टस । पोखरा २५ हेमजा स्थित दि अम्मट विच रिर्सोट प्राली द्वारा फुटबल विकासका लागि गठित आर.एस विच फुटबल क्लवले आयोजना गरेको ‘प्रथम फाइभ ए साइड फुटबल’ खुल्लातर्फको उपाधी वुद्ध टोल फुटबल क्लवले जितेको छ ।


प्रतियोगिता अन्तर्गत मंगलवार भएको फाइनलमा वुद्ध टोलले १–० गोल अन्तरले आयोजक आर एस विच ए लाई पराजित गर्दै उपाधि जितेको हो । जित संगै वुद्ध टोलले नगद ३५ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ उपविजेतम बनेको आर एस विचले नगद २० हजार प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै १४ वर्ष मुनीको प्रतिष्पर्धामा व्लु डेभिल्स क्लवले विष्णु पादुका फुटबल एकेडेमीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको छ । उपाधि विजेता व्लु डेभिल्सले १२ हजार र उपविजेता विष्णु पादुकाले नगद ६ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा विष्णु पादुकाका सन्देश केसी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, समाजसेवी दान बहादुर थापा, प्रायोजक संस्थाका जिवन वस्नेत, प्रकाशचन्द्र सापकोटा, आयोजक संस्थाका रमेश कार्की लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
