सदस्य–सचिव घिसिङ र चीनियाँ राजदूवासका प्रतिनिधिबीच भेट

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चीनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको छ ।

राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

नेपालको यु–२१ पुरुष टोली फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यवायीक र यसु फुटबल टिमको यु–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । महोत्सवका अवसरमा साँस्कृति आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ ।

चीनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ ।

सदस्य–सचिवले टोलीको प्रस्तावमा आफू सकारत्मक रहेको बताउदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चीनियाँ राजदूतावासको आयोजनामा हुने लगोको हो ।

भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष, जिन छियोदोङ, उपाध्यक्ष गु यिङमिन, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा दाहाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close