प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारदेखि

पोखरा स्पोर्टस । हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को संयुक्त आयोजनामा योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको दोश्रो संस्करण सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता निर्देशक सुभाष श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष÷महिला सिंगल्स विजेताले १ लाख १५ हजार, उपविजेताले ५५ हजार र तेश्रोले १५÷१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी आठ वटै स्पर्धामा पनि नगद पुरस्कार छ ।

चारदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ । पहिलो संस्करण चितवनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close