सहिद स्मारक ए डिभिजन लिग : आर्मी र सातदोबाटो बराबरीमा रोकिए

पोखरा स्पोर्टस । सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले १/१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १०औँं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए ।

आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै पाँच खेलबाट नौ अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । यता बराबरीपछि सातदोबाटो भने आठ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङदी क्लब १०/१० अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close