‘प्रदेश खेलकुद गण्डकीले सुरु गरेको अभियान निकै प्रशंसनिय छ’–सहभागिहरु

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले सहायक प्रशिक्षक उत्पादनका लागि सुरु गरेको अभियान निकै प्रंशसनिय रहेको सहभागिहरुले बताएका छन् । तिन महिने सहायक प्रशिक्षक प्रशिक्षण कार्यक्रम अन्तर्गत पोखरा रंगशालामा जारी प्रयोगात्मकतर्फका प्रशिक्षणहरु जारी रहँदा सहभागिहरुले उक्त धारणा राखेका हुन् ।

नेपालको राष्ट्रिय खेल भलिबलका लागि प्रयोगात्मक अभ्यास गराईरहेका भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रदेश खेलकुद परिषदले सुरु गरेको यो अभियानको खुलेर प्रशंसा गरे । उनले भने–“सिक्ने कुरा अनवरत नै हुन्छ । तर मानसिक रुपमा प्रशिक्षक तयार गर्नु निकै सुखद पूर्ण रुपमा लिनु पर्छ । यूवा प्रशिक्षकहरु उत्पादन गर्न यो कार्यक्रमले सन्देश पनि दिएकोले पनि म यसलाई प्रशंसा गर्छु ।”

धेरै यूवा वर्गलाई भलिबल खेल मार्फत समाहित गर्न सहज हुने भएकोले पनि टोल–टोलमा भलिबल खेलहरु आयोजना भएको बताउँदै धेरै भन्दा धेरै प्रशिक्षक उत्पादन गरी वडास्तर बाटै यसलाई माथी उठाउनुपर्ने प्रशिक्षक भट्टले बताए ।

यसै गरी विभागियतर्फ नेपाली सेनाबाट फुटबल प्रशिक्षणमा सहभागी सेनानी रामजी भण्डारीले यो प्रशिक्षणबाट धेरै सिक्ने अबसर प्राप्त भएको बताए । नेपाली सेना मध्य कमाण्डबाट सहभागी भएका उनले यस प्रकारका कार्यक्रमले आफूलाई निकै उत्साहित भएको उल्लेख गरे । उनले भने–“आफू फुटबल खेलाडी हुँदा खेल विज्ञान भन्ने कुरा सुनेको थिंए तर प्रशिक्षणबाट यस बारे धेरै कुरा सिक्ने अवसर मिल्यो । प्रशिक्षकका रुपमा खेलाडी उत्पादनमा सहयोग पुग्ने छ ।” उनले आफूले सिकेका कुराहरु वाँड्ने समेत बताए ।

त्यसै गरी नेपाली सेना मध्य कमाण्डमा नै कार्यरत सेनानी रमेश अधिकारीले नेपाली सेनाले प्रदेश खेलकुद परिषद संग समन्वय गरेर यो कार्यक्रममा सहभागि हुन पाउँदा निकै खुसी लागेको बताए । उनले भने–“एक खेलाडीको रुपमा धेरै खेलमा सहभागि रहें । यो प्रशिक्षणले मलाई भविष्यका लागि प्रशिक्षक बन्न एउटा बाटो तय गरेको छ ।” कोभिड १९ का कारण अनलाइन मार्फत कक्षा सञ्चालनमा सहभागि भएको बताउँदै स्पोर्टस साइन्स खेलमा किन आवश्यक रहेछ भन्ने कुरा आत्मासाथ गर्न पाउँदा निकै खुसी लागेको उनले उल्लेख गरे ।

पोखरा रंगशालामा प्रयोगात्म अभ्यास जारी रहँदा परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले सहभागिहरु संग भेट गरेका छन् । उनले खेलकुद विकासका लागि उत्साहपूर्ण अघि बढ्न प्रशिक्षकहरुलाई आग्रह गर्दै विशेष गरी यूवा खेलाडी उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

परिषदले सञ्चालन गरेको उक्त प्रशिक्षणमा विभिन्न २३ खेलमा ११८ जना सहायक प्रशिक्षकहरु सहभागि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close