हाप्किडोको राष्ट्रिय प्रतियोगिता नुवाकोटमा हुने

पोखरा स्पोर्टस । आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ ।

वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहने भएको हो । वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिष्पर्धा हुने आयोजक सस्था नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका अध्यक्ष मनोज गुरुङले जानकारी दिएका छन् ।

अध्यक्ष गुरुङको अनुसार सेल्फ डिफेन्स, डेमोष्ट्रेन, हाई फल, रङ फलमा पनि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोश्रो हुनेलाई १५ हजार रुपैयाँ, तेश्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान पाउने टोलीलाई ५ हजार रुपयाँ प्रदान गरिने छ ।

उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगितामा वेलकोटगढी नगरपालिकाको ५ लाख रुपैयाँ सहयोग रहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close