कास्की टेनिसलाई युकेका हर्क गुरुङले गरे सहयोग

पोखरा स्पोर्टस । गोर्खा नेप्लिज टेनिस क्लब यु.केका सस्थापक अध्यक्ष तथा पूर्व बृटिश आर्मी डब्लु.ओ.टु हर्क गुरुङ्गले कास्की जिल्ला टेनिस संघलाई नगद सहयोग गरेका छन् ।

कास्की धिताल हेम्जाकोट घर भई हाल युके बसोबास गर्दै आएका उनले आज पोखरा रंगशाला पुगेर नगद ५१ हजार सहयोग गरेका हुन् । टेनिस खेल विकासमा कास्की टेनिसले महत्वपूर्ण योगदान दिएको भन्दै आफूले उक्त रकम सहयोग गरेको सहयोगी गुरुङले बताए । उनले उक्त नगद टेनिस कोर्टमा टेनिस संघका पदाधिकारीहरुलाई हस्तान्तरण गरेको कास्की टेनिसका सचिव नविन श्रेष्ठले जनाएका छन् ।

सहयोग रकम बुझदै कास्की टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले सहयोगी गुरुङ्गलाई धन्यवाद व्यक्त गरे । यस्तै सहयोगले नै कास्की टेनिसले सफलता हाँसिल गरेको र आफूहरुलाई उर्जा मिलेको अध्यक्ष गुरुङ्गले बताए । उनले आगामी दिनमा युके, हङकङ, अस्ट्रेलिया जस्ता देशमा रहेका नेपाली टेनिस संघ सस्थासङ्ग सम्वन्ध बिस्तारमा सस्थागत रुपमा पहल गर्ने उल्लेख गरे । उनले हङकङ नेप्लिज टेनिस सोसाइटीले आफ्नो संस्थाको नाममा कोर्ट न. ५ निर्माणका लागि सहयोग गरेको तथा अस्ट्रेलिया तथा युके निवासी टेनिस प्रेमी महानुभाबहरुले समेत टेनिस कोर्ट निर्माणमा उल्लेख्य सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठ, सदस्य भिस्मराज पौडेले, सल्लाहाकार बसन्त प्रधान, खेलाडी, प्रशिक्षक लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close