गण्डकी प्रदेशको विच भलिबल टोली पाल्पातर्फ प्रस्थान

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको महिला विच भलिबल टोली आज पाल्पातर्फ प्रस्थान गरेको छ ।

यहि चैत २४ गते देखि २६ गते सम्म पाल्पाको ऐतिहासिक रानीमहलमा आयोजना हुने महिला विच भलिवलमा सहभागि गण्डकी प्रदेशको टिमलाई आज विदाई गरिएको हो ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले त्यसतर्फ जान लागेको टोलीलाई जितको शुभकामना सहित विदाई गरेका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीले प्रतियोगितामा सहभागिता जनाउन दुई सदस्यिय खेलाडी सहित टिम व्यवस्थापकमा लेखनाथ लम्साललाई पठाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशकोतर्फबाट पवित्रा विसी र रेबिना घर्ती मगरले चुनौती प्रस्तुत गर्नेछन । उनीहरु दुवैजना म्याग्दीका हुन् ।

सञ्जय स्मृती प्रतिष्ठान पाल्पाको आयोजना तथा नेपाल भलिबल संघको सहकार्यमा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा दुई विभागिय टिम सहित सात वटा प्रदेशको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी भने सहभागि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close