प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी सकियो, खेलकुद मन्त्री गुरुङले उद्घाटन गर्ने

पोखरा स्पोर्टस । यहि चैत २३ देखि २५ गते सम्म पोखरामा हुने प्याराग्लाइडिङको छाता संस्था (एफएआई) मान्यता प्राप्त ‘२० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’को सम्पूर्ण तयारी पुरा भएको छ ।

प्याराग्लाइडिङ व्यवसायीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा हुने प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गर्ने भएका हुन् । पोखरा वडा नं १८ सराङकोटमा आयोजना हुने उद्घाटन सङ्गै तिन दिने प्रतियोगितामा सोलो ओभर अलतर्फ ३५ पुरुष र १० जना महिला तथा टेन्डमतर्फ पुरुष २५ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

प्रतियोगिताको अन्तिम दिन चैत २५ गते विभिन्न सांस्कृतिक भेष-भुषा सहित पाइलटहरुले कौशल पदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शो समेत हुने अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा हुने उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा हुने नाले जनाएको छ । एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वर्ल्ड कप तथा प्रि वर्ल्डकप र पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । त्यसै गरी प्रतिष्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्या अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।

त्यसै गरी अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् भने एयर शो तर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसै गरी वेष्ट कस्टुयुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ ।

पोखरामा व्यवसायिकरुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ५ सयको हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरु कार्यरत रहेकोले पनि पोखरा विश्वमा नै प्याराग्लाइडिङ गन्तव्यको रुपमा पहिचान बनाएको छ । कोभिडका कारण थला परेको पर्यटन उकास्न प्रतियोगिताले सहयोग पुग्ने अध्यक्ष भण्डारीले जनाएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष देखि स्थगित उक्त प्रतियोगितालाई नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close