
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान जाने राष्ट्रिय फुटसल टोलीलाई बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विदाई आयोजना गरिएको हो । विदाई कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल समितिका संयोजक रत्नकुमार श्रेष्ठ, पूर्व सहसदस्य मधुसूदन उपाध्याय फुटसलका प्रमुख विनोद गुरुङको उपस्थिति थियो ।
नेपालले आफ्नो पहिलो खेल अप्रिल १० मा उज्वेकिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा ताजिकिस्तानसँग खेल्नेछ । फाइनल खेल अप्रिल १२ मा अफगानिस्तानसँग हुनेछ । सबै खेल किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछन् ।
खेलाडीः अनिश श्रेष्ठ (जीके), विश्वास पौडेल (जीके), आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ र उरुकेनजाङ्बु शेर्पा रहेका छन् ।
पदाधिकारीः गौरव बस्नेत (मुख्य प्रशिक्षक), आदर्शकुमार सिंह (टीम चिकित्सक), महेशकुमार श्रेष्ठ (टिम अफिसियल), प्रकाश पंगेनी (टिम अफिसियल), रमेश कार्की (टीम अफिसियल), मिलन गुरुङ (टीम अफिसियल), मुकुन्द घिमिरे रहेका छन् ।
