नेकोसको गण्डकी प्रदेश अध्यक्षमा विष्णु पुन निर्वाचित

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा विष्णु पुन निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले पुनको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश कमिटीको चयन गरेको हो । शनिबार नेकपा एमाले सचिव पदमा कुमारी अर्यालले उद्घाटन गरेको दुईदिने अधिवेशनले दिपेन्द्र पौडेल र साधना पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी शिव अधिकारी सचिव चयन भए भने सुजन आचार्य र बोधराज गिरी सहसचिव एवं तोरण बानियाँ कोषाध्यक्षमा निर्वाचित भए ।

गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएसँगै महासंघले आफू मातहतका सातवटै प्रदेश र उपत्यका विशेष प्रदेश कमिटीमा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

गत फागुन २८ गते संयुक्त भेला मार्फत २७ वटा घटक राष्ट्रिय खेल संघको गठन गरेको महासंघले जिल्ला तथा पालिका तहको कमिटी निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

नवनिर्वाचित कमिटीलाई महासंघका केन्द्रिय संयोजक कृष्ण बस्नेत (पर्शुराम)ले पद तथा गोपनीयताको सपथ गराएका थिए । शुभकामना दिने सन्दर्भमा बस्नेतले स्थानीय तहदेखि नै खेलकुद क्षेत्रको उठान गर्नका लागि एक पालिका एक रंगशाला तथा एक वडा एक खेल मैदानको नीतिलाई स्थानीय निर्वाचनमा एमालेले जारी गर्ने घोषणापत्रमा उल्लेख गर्दै कार्यान्वयन गर्नका लागि महासंघ प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close