‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ लुम्विनीमा

पोखरा स्पोर्टस । हरेक वर्ष अप्रिल ६ (चैत २३) का दिन मनाइने ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ यस पटक शान्तिका प्रतीक गौत्तम बुद्धको जन्मस्थान लुम्विनीमा हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले एक पत्रकार सम्मेलन आयोजना गरी उक्त कुराको जानकारी दिएको हो । सो बारे जानकारी दिंदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सांसद जिवनराम श्रेष्ठले लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोगमा हुने जानकारी दिए । ‘यो वर्षबाट हामी यो कार्यक्रमलाई अझै वृहत् बनाएर अघि बढ्ने निर्णय गरेका छौं’ अध्यक्ष श्रेष्ठले भने–‘बुद्धको जन्मस्थलबाट नै विश्वमा शान्तीको सन्देश अझै प्रखर रुपमा प्रवाहित हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

कोभिडका कारण दुई वर्ष स्थगित भएको उक्त कार्यक्रमको औचित्य र सन्दर्भ बारे जानकारी दिंदै अध्यक्ष श्रेष्ठले लुम्बिनीलाई नै यस कार्यक्रमका लागि रोज्नु पछाडि दुई मुख्य कारण रहेको बताए । उनले भने–‘पहिलो कारण लुम्बिनी शान्तिका प्रतीक गौत्तम बुद्धको जन्मस्थान हो । त्यसैले यो कार्यक्रम लुम्बिनीमा गर्नु जत्तिको उपयुक्त अन्यत्र हुने छैन् । दोस्रो कारण, हामी यही कार्यक्रम मार्फत लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्न सक्छौं र यसले नेपालको प्रर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’

अर्को वर्ष नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पदाधिकारीसंगै यससंग आवद्ध २०७ देशका प्रतिनिधिलाई लुम्बिनीमा आमन्त्रण गरी विभिन्न कार्यक्रम गर्ने सोचमा रहेको बताउंदै अध्यक्ष श्रेष्ठले यसक्रममा पिस म्याराथनलगायत प्रवचन आदि कार्यक्रमको आयोजना गर्ने योजना पनि सुनाए । कार्यक्रमबारे थप प्रष्टाउंदै अध्यक्ष श्रेष्ठले भने–‘हामीलाई विश्वास छ, यो कार्यक्रमको आयोजनाले ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ लाई सार्थकता दिन अझ सहयोग पुग्नेछ र यस कार्यक्रमले ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्नेछ ।’

त्यसैको प्रयास स्वरुप ओलम्पिक कमिटीले यसपल्ट एक दिने कार्यक्रम आयोजना गर्ने जानकारी दिंदै अध्यक्ष श्रेष्ठले उक्त कार्यक्रमको मुख्य अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी हुने बताए । लुम्विनीमा पहिलो पटक आयोजना हुने कार्यक्रमको उद्घाटन शान्तिदीपमा हुनेछ । त्यस संगै वाकथलनको कार्यक्रम रहने जनाइएको छ । उक्त कार्यक्रमको महत्व बारे अध्यक्ष श्रेष्ठले प्रकाश पार्ने संगै मुख्य मन्त्री केसी र लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री मानयीय वसिउद्दिन खानले आ–आफ्ना भनाई राख्ने जनाइएको छ ।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिने र भिक्षुहरूले विश्वमा शान्तिका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गरिनेछ ।

‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’
सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरे संगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले उक्त प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार उक्त दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ । नेपाल ओलम्पिक कमिटीले सन् २०१४ देखि यो दिनलाई विविध कार्यक्रम गर्दै मनाउँदै आइरहेको छ । कोभिड महामारीका कारण पछिल्लो दुई वर्ष यो कार्यक्रम आयोजना हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close