आइपिएलमा छक्काको बर्षा, कसले कति हाने ?

पोखरा स्पोर्टस । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) का लिग चरणका खेलहरु सकिएका छन् । आजदेखि नै प्लेअफका खेल शुरु हुने छन् । लिग चरण सकिदासम्म २०२५ को लिग चरणमा चौका र छक्काको संख्यामा केही बढत भएको पाइएको छ ।

यस पटक २०२४ को तुलनामा बढी चौका छक्का प्रहार भएका छन् । २०२४ मा १२०८ छक्का प्रहार भएकोमा यस पटक १२१७ छक्का प्रहार गरिएको छ । त्यस्तै २०२४ मा २०७० चौका प्रहार गरिएको थियो भने यस पटक २१३८ चौका प्रहार गरिएको छ ।

सनराइजर्स हैदराबादले गत वर्ष १६० छक्का प्रहार गरेर सबैभन्दा धेरै छक्का प्रहार गरेको थियो भने यस पटक लखनऊ सुपर जाइन्टले १५२ छक्का प्रहार गरेको छ । त्यस्तै राजस्थानले १४६ छक्का प्रहार गरेर शीर्ष २ मा रहेको छ ।

दुवै प्लेअफको दौडबाट बहने बाहिरिएका छन् । खेलाडीहरूमा, लखनऊका निकोलस पूरनले सबैभन्दा बढी ४० छक्का प्रहार गरेका छन् । त्यस्तै लखनउकै मिचेल मार्शले ३७ र मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले ३२ छक्का प्रहार गरेका छन् ।

त्यस्तै पञ्जावका कप्तान श्रेयस अय्यारले ३१ छक्का प्रहार गरेका छन् । आइपिएलमा कुल ९ वटा शतक प्रहार भएका छन् । जसमा सबैभन्दा बढी सनराइजर्सका अभिषेक शर्माले पञ्जावविरुद्ध १४१ रन बनाएका थिए ।

शतक प्रहार गर्ने अन्य खेलाडीमा वैभव सूर्यवंशी (राजस्थान), इशान किशन (सनराइजर्स), हेनरिक क्लासेन (सनराइजर्स), मिचेल मार्श (लखनउ), ऋषव पन्त (लखनउ), केएल राहुल (दिल्ली), प्रियांश आर्या (पञ्जाव) र साइ सुदर्शन (गुजरात) रहेका छन् ।
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close