बिटी कपको उद्घाटन खेलमा आयोजक पराजित

पोखरा स्पोर्टस । पोखरामा १५ औं संस्करणको बिटी कप तथा पाँचौ बिरेन स्मृति सेभेन ए साईड प्रतियोगिता सुरु भएको छ ।

बुद्धटोल क्बलको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा नारायण गोपाल एजुकेशन प्रालिले जित निकालेको छ । आयोजक टिम निलोलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै नारायण गोपाल एजुकेशन प्रालि दोस्रो चरणमा प्रबेश गरेको छ । नारायण गोपालको जितमा सुमित श्रेष्ठले निर्णायक गोल गरे ।

यसैगरी दोस्रो खेलमा मानारथा चर्च ब्याईजलाई बाझापाटन क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो ।

क्लबका अध्यक्ष विजया गुरुङका अनुसार नंयागल्ली एफसी र ट्रेजर एफसी बिच भएको अन्तिम खेल गोलरहित भएपछी ट्राईबेकरमा नंयागल्लीले २–१ गोल अन्तरले पराजित गरेको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बलका डिआईजी शम्भु सुवेदीले गरेका थिए ।

आगामी २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको अध्यक्ष विजया गुरुङले बताईन् । गुरुङका अनुसार प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताए ।

उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उनले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिईन् । यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close