पेमाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोषको स्थापना

पोखरा स्पोर्टस । पूर्व फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन् ।

पूर्व खेलाडी तथा हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रेहेकी पेम्बाले आफुले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरि ३ लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् ।

उनले यस रकमबाट बार्षिक रुपमा ब्याज बापत प्राप्त रकम हरेक बर्ष महिला दिवश (मार्च ८)का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छिन् । यसका लागि उनले एक छनौट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएकी छिन् ।

खेलाडीलाई सम्मान गर्नुको मुख्य उद्धेश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमा पुर्‍याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको बताईन् । उनले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जाने समेत जानकारी गराईन् । दुई दशक देखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्रि ईन्स्ट्रक्टर समेत रहिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close