पोखरामा एशिया कप ट्राइयाथलन शनिबार हुने

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने भएका हुन् । प्रतियोगिता पोखराको बसुन्धरा पार्कस्थित फेवा तामा संचालन हुने आयोजक संस्था नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो संस्करणमा उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिईन् ।

निकै अगाडी देखि अस्तित्वमा रहेको ट्राईयाथलन संघ प्राय निस्कृय रुपमा रहेको थियो । नेपालमा ट्राईयाथनको ईतिहासलाई हेर्ने हो भने १९८४ मा पोखरामा बिदेशीहरुले रमाईलोका लागि प्रतियोगिता गरेको देखिन्छ । त्यस यता निस्कृय रहेको खेललाई २०११ मा संघको पुनर्गठन भए पश्चात छोटो समयमा नै यसले फड्को मार्न सफल भई सकेको छ । संघको पुनर्गठन पश्चात अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्नुका साथै नेपालले दक्षिण एशियाली च्याम्पियनसिपको निरन्तर आयोजना गर्दैआईरहेको छ ।

नेपालमा ट्राईयाथलनको विकास र विस्तारलाई नजिकबाट नियाली रहेको अन्तराष्ट्रिय ट्राईयाथलन युनियन हाल बिश्व ट्राइयाथलनले नेपालले गरेको सकारात्मक परिणामलाई मध्यनजर गर्दै एशियन कपको जिम्मेवारी प्रदान गरेको हो । यस अघि संघले २०७६ बैशाखमा पहिलो संस्करणको एयिशन कप सफलतापूर्वक सम्पन्न गरि सकेको छ । यस्ता प्रकारका प्रतियोगिता तथा च्याम्पियनसिपले खेलकुदको विकास मात्र नभई पर्यटनलाई पनि संग संग अगाडी बढाउन मद्धत पुग्ने बिश्वास गरिएको छ ।

भोली शनिवार हुने प्रतियोगितामा भारतले २७ जना खेलाडी पोखरा पठाएको छ । भारतले आसन्न १९ औं एशियाली खेलकुद र कमनवेल्थ गेम्सका लागि यो प्रतियोगिताबाट खेलाडी छनौट गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close