
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय सेपाक ताक्रो प्रतियोगिता आजबाट पोखरामा सुरु भएको छ ।
गण्डकी प्रदेश सेपाक ताक्रो संघको आयोजनामा सुरु भएको प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सञ्चालन भएको हो । उक्त प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरेका छन् ।
सेपाक ताक्रो रेगु इभेन्टतर्फ नवलपुर बिजेता बनेको छ । पुरुष र महिलातर्फ दुबैतर्फ फाइनलमा पुगेको नवलपुरले कास्कीलाई पराजित गरेको गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै रेगु इभेन्टतर्फ नै तनहुँको महिला र पुरुष टिम तेस्रो स्थान हात पारेको छ ।
यस्तै प्रतियोगिताको क्वाड इभेन्ट महिला र पुरुष दुबैतर्फ नवलपुर र कास्की फाइनलमा प्रवेश गरेका छन् । क्वाड इभेन्टमा नै स्याङजाले महिला र पुरुष दुबैतर्फ तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट प्रतियोगिताका रुपमा आयोजित उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य रहेको छ ।
प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, बाग्लुङ, लम्जुङ, नवलपुर, तनहुँ र स्याङजा जिल्लाका महिला र पुरुष गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता भोली सम्पन्न हुने छ ।
