साफ च्याम्पियनसिपः नेपाल श्रीलंका संग भिड्दै, प्रत्यक्ष पशारणका लागि पहल भइरहेको छ–अध्यक्ष शेर्पा

पोखरा स्पोर्टस । साफ च्याम्पियनसिप अन्तर्गत सोमबार नेपाल श्रीलंका संग भिड्दै छ ।

मालदिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज राती ९ः४५ मा हुने दोश्रो खेलमा श्रीलंका संग भिड्ने भएको हो । साफ २०२१ को दावेदार आयोजक मालदिभ्सलाई मनिष डाँगीको गोलमा १–० ले पराजित गरेकाले पनि नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रिने प्रशिक्षक अब्दुल्हा अल्मुताइरीले बताएका छन् । वंगालादेश संग आफ्नो पहिलो खेलमा श्रीलंकाले १–० ले हारको सामना गरेको थियो ।

प्रशिक्षकले अब्दुल्हाले श्रीलंका संगको खेल नेपालका लागि त्यती सहज नहुने प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–“श्रीलंका बलियो टिम हो, उनीहरुले वंगालादेश विरुद्ध राम्रो खेल पदर्शन गरेका छन । त्यसैले यो सजिलो हुने छैन । मलाई आशा छ कि हामी जितेर अंक जोड्न चाहन्छौंं ।”

नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो । विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । नेपाल र श्रीलंका अहिले सम्म १७ पटक भिडेका छन् जसमा नेपाल ६ पटक पराजय व्यहोरेको छ भने ३ पटक जितेको छ ।

पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेको छ । सोमबार भारतले आफ्नो पहिलो खेल बंगलादेश संग भिडदैछ । ति दुई विचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

यसै विच अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल र श्रीलंका विचको खेलको प्रत्यक्ष प्रसारणको लागि विभिन्न सेवा प्रदायकहरु कम्पनीहरु संग छलफल भइरहेको बताएका छन् । उनले पोखरा स्पोर्टस संग कुरा गर्दै भने–“हामीले सोचे जस्तो सहज भने हुन सकेन तर नेपालका केही सेवा प्रदायकहरु संग आज पनि कुराहरु अगाडीे बढेको छ, आयोजकले सबै राष्ट्रहरुलाई एउटै छातामा राख्यो” उनले थपे–“सबै कुराहरु मिल्यो भने आजको खेल दर्शकहरुले प्रत्यक्ष हेर्न पाउनेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close