
पोखरा स्पोर्टस । नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं प्रस्थान गरेको छ ।
यहि पुष २७ गते देखि २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कास्कीबाट महिला र पुरुष गरी १४ जना खेलाडीको सहभागिता हुने भएको हो । पोखराबाट सोमबार प्रस्थान गर्नु अघि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ र जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले जितको शुभकामना दिंदै विदाई गरेका थिए ।
उक्त प्रतियोगितामा कास्कीबाट पुरुष तर्फ दिवश ठकुरी, करण गुरुङ, रोहन नरसिंह बडगामी, किरण घर्ती मगर, डुल बहादुर गुरुङ, सोनितमान वुद्धाचार्य, धन बहादुर झाँक्री मगर, गाम बहादुर थापा, खिम लाल गुरुङ, कुशन गुरुङ र राम कुमार गुरुङ रहेको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले पोखरा स्पोर्टसलाई बताए । यसै गरी महिलातर्फ सन्जु क्षेत्री, संगिता नेपाली र सिन्जल गुरुङ रहेका छन् । उनीहरुले विभिन्न तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् ।
यसै गरी टिमको प्रशिक्षकमा बखतमान श्रेष्ठ रहेका छन् भने टिमको व्यवस्थापकमा बिनोद अधिकारी र डिक बहादुर राई रहेका छन् ।
