
पोखरा स्पोर्ट्स । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ ।
गएराती सम्पन्न जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिजमा कमब्याक गरेको हो । बर्षाले प्रभावित खेल ३५ ओभरको खेलिएको थियो ।
डिएलएस मेथड अनुसार पाकिस्तानले दिएको १८१ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित ४९ र जस्टिन ग्रीभ्सले अविजित २६ रन बनाएका थिए भने शेरफान रुदरफोर्डले ४५ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ३७ ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।
यो जित पछि सिरिज १-१ को बराबरी भएको छ र अब सिरिजको अन्तिम खेल मंगलबार खेलिने तालिका रहेको छ ।
