जुनियर टेनिसमा विश्व विशेषलाई दोहोरो स्वर्ण

पोखरा स्पोर्टस । विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दोहोरो स्वर्ण पदक जितको छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उनले यु–९ र यु–१० गरि दुई इभेण्टमा स्वर्ण जितेका हुन् । यु–९ को फाइनल खेलमा डल्लाकोटीले निश्चल ज्ञवालीलाई पराजित गरे । पोखराका आर्यश राज पौडेलले तेश्रो तथा संघर्ष फोकदारले चौंथो स्थान हाँसिल गरे ।

९ वर्ष मुनिको इभेण्टमा तेश्रो भएका आर्यश राज पौडेल ८ वर्ष मुनिको इभेण्टमा भने पहिलो हुँदै स्वर्ण पदक विजेता बने । फाइनलमा आर्यशले नितेश थापालाई पराजित गरेका थिए । ८ वर्ष मुनिको इभेण्टमा शुभान केसी तेश्रो भए । १० वर्ष मुनिको इभेण्टमा संघर्ष फोकदार दोश्रो, संदिप जिसी तेश्रो तथा समन सापकोटा चौंथो भए ।

शुक्रबारनै सम्पन्न १४ वर्ष मुनिको गल्र्स ंिसंगल्सतर्फ प्रशंसा मोक्तानले शिवाली गुरुङ्गलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै नगद १२ हजार सहितको पुरस्कार प्राप्त गरिन् । दोश्रो भएकी शिवाली नगद ६ हजार सहित पुरस्कृत भइन् । १२ वर्ष मुनिको गल्र्स सिंगल्समा कर्मिष्ठा नुगा श्रेष्ठले शिवाली गुरुङ्गलाई प्रतिस्प्रधात्मक खेलमा पराजित गरिन् । पहिलो सेट २–६ ले शिवालीलाई सुम्पिएकी कर्मिष्ठाले दोश्रो सेट ६–४ ले तथा तेश्रो सेट सुपरटाईमा १०–४ ले आफ्नों पक्षमा परिन् । प्रतियोगिताका विजेताले नगद ८ हजार तथा उपविजेताले नगद ५ हजार सहित मेडल प्रमाण–पत्र पुरस्करा प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई एक समारोहका विच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, विशेष अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, आयोजक समितिका कोषाध्यक्ष अनुज बाँस्तोला, सल्लाहकार बसन्त प्रधान, अभिभावक जिवन भट्टराई, सिमान्त गुरुङ्ग, माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख निलम गौतम लगायतले पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close