सारा र सभर्णालाई जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा स्वर्ण पदक

पोखरा स्पोर्टस । सारा पन्त र सभर्णा गुरुङ्गले पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ मा स्वर्ण पदक जितेका छन् । साराले गर्ल्स यु–८ प्रतियोगितामा जिवाश्री भट्टराईलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । जिवाश्रीले रजत पदकमा चित्त बुझाइन् । सोही उमेर समुहमा केजिया शाक्यले तृतीय तथा जेनोभा शर्माले चौंथो स्थान प्राप्त गरिन् ।

त्यस्तै, यु–९ गर्ल्सतर्फ सभर्णा गुरुङ्ग प्रथम, केजिया शाक्य द्वितिय तथा जिवाश्री भट्टराई तृतीय भए । उनीहरुलाई मंगलबार एक समारोहका विच पुरस्कार प्रदान गरिएको छ । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्ष राजु गुरुङ्ग, सदस्य शान्ति उदास, सल्लाहकार अनिल तुलाचन, कास्की टेनिस अभिभावक संघका अध्यक्ष गौतम उदास, जिवन भट्टराई लगायतले मेडल प्रमाण–पत्रले पुरस्कृत गरेका हुन् ।

ब्वाइज यु–८ तर्फ निर्जल टण्डनलाई पराजित गर्दै आर्यषराज पौडेल फाइनलमा प्रवेस गरेका छन् । त्यस्तै, सुभान केसीलाई पराजित गर्दै नितेश थापाले पनि फाइनलमा स्थान बनाए । १४ वर्ष मुनिको ब्वाइज सिंगल्समा राजबिर प्रधान र दर्शिल श्रेष्ठले पनि फाइनलमा स्थान बनाएका छन् । राजबिरले निशा जोशिलाई तथा दर्शिलले सृजन भट्टराईलाई पराजित गरेका थिए ।

९ वर्ष मुनिको ब्वाइज सिंगल्सको राउण्ड रोविन लिगमा जित हाँसिल गर्दै निश्चल ज्ञवाली, आर्यषराज पौडेल र संघर्ष फोकदार अगाडी बढेका छन् । त्यस्तै, १४ वर्ष मुनिको गल्र्स सिंगल्समा प्रशंसा मोक्तान, शिवाली गुरुङ्ग र कर्मिस्था श्रेष्ठपनि जित हाता पार्दै अगाडी बढेका छन् । १२ वर्ष मुनिको गल्र्स सिंगल्समा कर्मिस्था श्रेष्ठ, शिवाली गुरुङ्ग, प्राज्ना मानन्धर र स्वस्तिका विष्टले पनि लिग खेलमा जित हाँसिल गरेका छन् । प्रतियोगिताका अन्य खेल जारी रहेको प्रतियोगिता निर्देशक सूर्यभूषण बज्राचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close