
पोखरा स्पोर्टस । फस्ट अल नेपाल स्कुल व्वाय एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगिताको आज भएको फाईनलमा ३५ किलो पुरुषतर्फ मकवानपुरुको अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका छन् ।
पुरुष ३७ किलोमा अछामका रोहित जनालाले आर्यन क्लबका अमन थापालाई अंकको आधारमा पराजित गर्दै प्रथम हुन सफल भए । त्यसै गरी ४० किलो तौल समुहमा थानकोटका प्रकाश महर्जनले बोशि गाँउका रितेश महर्जनलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४३ किलो तौल समुहमा अल्फा बक्सिंग दांगका सोनम पुन मगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।
पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुंगले दमकका योगेश लिम्बुलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४९ किलो तौल समुहमा मैत्रि स्कुल भक्तपुरका नविनतम खडकाले मकवानपुरका सिलेन वाईबालाई पराजित गर्दै स्वर्ण पदक हात पारे । ५२ किलो तौल समुहमा बाँकेका योगराज खत्रीले भुपु बक्सिंगका समुन्द्र थापा मगरलाई पराजित गर्दै प्रथम हुन सफल रहे । पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका शाहिल लिम्बुले धरानका सागर तामांगलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका शेरप ग्याल्जेन शेर्पाले ईन्टरनेशनल फ्रेन्च स्कूलका आर्यमान रानालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।
थाइल्याण्ड ओपन छनोटमा मिनु र भुपेन्द्र विजयी
थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग छनौट खेलको आज भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका मिनु गुरुङ्गले एपिएफका संजुुमाया थिंगलाई पराजित गर्दै छनौट चरण पार गरेका छन् भने भुपेन्द्र थापा मगरले जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दैै छनौट चरण पार गरेका छन् ।छनौट खेलकै महिलातर्फ वैन्टम वैट ५४ किलो ग्रामतौल समुहमा मिनु गूरुङ्गले बाँकेका माया क्षेत्रीलाई पराजित गदैै एपीएफकी सन्जुमाया थिंगसंग फाईनलमा भिडन्त पक्का गरेका छन । सन्जुले थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेका छन् ।
त्यसै गरी स्कुल बक्सिङ्गको गर्ल्स ४० किलो तौल समुहमा दमकका दिप्सा कांगबांगले अछामकी लक्ष्मी शाहीलाई अंकको आधारमा पराजित गदैै स्वर्ण पदक हात पारे । स्कुल गर्ल्सको ४६ किलो तौल समुहमा द एकसलेर स्कुलका प्रकृति थापाले दमकका कन्चर राईलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।
त्यसैगरी ४९ किलो तौल समुहमा नक्सालका दिव्या लिम्बुले दमकका पतिमा राईलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे भने त्यसैगरी ६० किलो तौल समुहमा आर्यन फिटनेश बक्सिंग क्लबका अस्मिता केसी प्रथम, दमकका सुस्मिता लिम्बु द्धितिय र नक्सालका प्रतिमा थापाले तृतिय स्थान हात पारे भने प्रतियोगिताको अन्तिम बाउट स्कुल गर्ल्स अन्तर्गत महिला ६३ किलो तौल समुहमा सिद्धार्थ बनस्थली इन्सटिच्युटकि प्रिक्षा लामाले दमकका युना मगरलाई पराजित गर्दै स्वर्ण पदक हात पारे भने १२ वर्ष मुनिको ३० किलो तौलमा प्रदर्सन म्याचमा बोशि गाउका दिप शिखर महर्जन प्रथम तथा बक्समाण्डुका मनु मगर दोस्रो स्थान हात पारेका थिए ।
प्रतियोगिताका उत्कृष्कट व्वाइज बक्सर अल्फा बक्सिंग क्लब, दाङ्गका सोनमपुन मगर र स्कुल गर्ल्स तर्फ दमकका दिप्सा कांगवांगले उत्कृष्ठ मुक्केबाजको उपाधि हात पारेका थिए । दुवै उत्कृष्ट मुक्केबाजलाई बक्समाण्डुका सन्दिप श्रेष्ठको तर्फबाट जनही १५,००० अक्षरुपीपन्ध्र हजार नगर प्रदान गरेका थिए ।
समापन समारोहमा राखेप उपाध्यक्ष शिव कोईरालाले सहभागि खेलाडीहरुलाई मेडल तथा सर्टिफिकेट वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक प्रकाश थापामगरले १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरु ५४ किलो तौल समुहमा मिनु गुरुंग, ६० किलो तौल समुहमा र भुपेन्द्र्र थापा मगरलाई जनही एक लाख हस्तान्तरण गरेका थिए । सोहि कार्यक्रममा नेपाल बक्सिङ्ग संघका पुर्व अध्यक्ष उमेश मास्केलाई बक्सिंग खेलमा पु¥याएको योगदानस्वरुप सम्मान गरेका थिए भने सोहि कार्यक्रममा आठौ सागमा स्वर्ण पदक विजेता द्वय प्रकाश थापा मगर र रामचन्द्र थापा मगरका ममतामयि आमा शुभद्रा थापा मगरलाई पनि सम्मान गरिएको थियो ।
उक्त प्रतियोगितामा देशभरीका २६ जिल्ला, स्कुल, तथाक्लबका ४८ जनापुरुष र महिलाहरुको सहभागिता रहेको थियो ।

