
पोखरा स्पोर्टस । कास्की जिल्ला वक्सिङ संघको आयोजनामा अन्तर्राष्ट्रिय बक्सिङ दिवस पोखरामा मनाइएको छ ।
विश्वव्यापी कोभिड १९ महामारीका कारण विशेष प्रकारले पोखरामा अन्तर्राष्ट्रिय वक्सिङ दिवस मनाइएको संघका सचिव सञ्जिव श्रेष्ठले बताएका छन् । पोखरा रंगशालामा आयोजना गरिएको कार्यक्रममा Boxing for cause, Boxing for compassion र boxing tournament गरी विविध कार्यक्रमहरु मनाई बक्सिङ्ग दिवस International Boxing Day मनाइएको छ ।
कास्की जिल्ला संघको आह्वानमा गरिएको कार्यक्रममा जिल्ला संघका पदाधिकारी एवं खेलाडी, प्रशिक्षकहरुद्वारा अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्ष्यमा २० देखि ४० सेकेण्डसम्मको सेडो बक्सिङ्ग प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।
