पोखरामा अन्तर पालिकास्तरिय पुरुष भलिबल बुधबारबाट

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा ‘दोश्रो कास्की जिल्ला अन्तर पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता २०८०’ बुधबारबाट सुरू हुने भएको छ ।

पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा महानगर, अन्नपूर्ण गाउँपालिका, मादी र रुपा गाउँपालिकाको सहभागिता हुने भएको पोखरामहानगर भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जेठ ३२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल बुधबार बिहान ११ बजे डिफेन्डिङ च्याम्पियन रुपा र अन्नपूर्णका बिच हुनेछ ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद रु ६० हजार, उपविजेताले नगद ५० हजार र तेश्रो हुने टिमले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लामिछानेले जानकारी दिए ।

त्यसै गरी उत्कृष्ट खेलाडीसहित उत्कृष्ट लिफ्टर, व्लकर, स्पाइकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ५ हजारका साथमा ट्रफी प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close