बगर भाई खलक र दिप युनाइटेडले छात्र/छात्रा दौड आयोजना गर्ने

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलक पोखरा र पोखरा १६ स्थित दिप युनाइटेड क्लवले विद्यालयस्तरिय ५ किमि छात्र/छात्रा दौड आयोजना गर्ने भएका छन् ।

पोखरालाई दौडको शहरको रुपमा स्थापित गर्न आगामी वैशाख १८ गते उक्त दौड आयोजना गर्ने बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका हुन् । युवा खेलाडीको उत्पादनमा समेत सहयोग पुगोस भन्ने हेतुले आयोजना भएको उक्त प्रतियोगिताको प्राविधिक सहयोग भने नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले गर्ने भएको छ ।

पोखराको ऐतिहासिक टुँडीखेलबाट सुरु हुने दौड बागबजार चोक, बगर ट्याक्सी चोक, केआइसिं पुल, सुन्दर फिड चोक, इन्जिनियरिङ क्याम्पस, लामाचौर चोक, बाटुलेचौर पानी ट्याङ्की हुँदै बाटुलेचौर खेल मैदानमा पुगेर समापन हुने बगर भाई खलकका कोषाध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने छात्र/छात्रा खेलाडीले जनही क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितालाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रतियोगिताको मुख्य संयोजकमा जुम प्रसाद गुरुङको संयोजकत्वमा ११ सदस्यिय उपसमिति गठन गरिएको छ । त्यसै गरी दौडको प्राविधिक समितीको सदस्यमा हरि बहादुर बरुवाल र ओम बहादुर गुरुङ रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ लाख ७० हजार लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close