थाइल्याण्ड ओपनका लागि बक्सिङ छनोट हुने

पोखरा स्पोर्टस । थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ४८ केजी, ५४ केजी र ६३ केजी तौलसमूहमा खेल हुने छ । महिलामा ४८ केजी, ५४ केजी ५७ केजी र ६० केजी तौलसमूहमा भिडन्त हुने बक्सिङ संघ प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने छ । थाइल्यान्डको प्रतियोगिता अप्रिल १ देखि १० तारिखसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close