फेन्सिङको प्रशिक्षणमा सदस्य सचिव गुरुङ

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको सहायक प्रशिक्षक प्रशिक्षण फेन्सिङतर्फको प्रयोगात्मक अभ्यास सदस्य सचिव तेज बहादुर गुरुङले अवलोकन गरेका छन् ।

सो अवसरमा सदस्य सचिव गुरुङले पशिक्षक तथा खेलाडीलाई एकलव्यको रुपमा प्रशिक्षणमा सहभागि हुन आग्रह गरेका थिए । मुख्य प्रशिक्षक कार्कीले गण्डकी प्रदेशमा फेन्सिङ खेलको सम्भावना रहेको बताएका थिए । सो अवसरमा प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन र कार्यक्रम संयोजक कृष्ण तिमिल्सिना समेत सहभागि थिए ।

सहभागिलाई प्रयोगात्मक अभ्यास फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीले दिइरहेका छन् । प्रदेशबाट एक मात्र सहायक प्रशिक्षकको रुपमा रेख मायाँ गुरुङ रहे पनि अन्य खेलाडीलाई समेत प्रशिक्षणमा समावेश छन् । प्रयोगात्मक अभ्यास पाँच दिनको हुनेछ ।
केही दिन अघि काठमाडौमा सम्पन्न गणेशमान सिंह राष्ट्रिय फेन्सिङमा कास्कीले ६ वटा पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close