प्रदेश खेलकुद पदकको कार्यविधि प्रमाणित, खेल क्षेत्रमा नयाँ आयाम थपिने–सदस्य सचिब शर्मा

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले खेलाडीसहित खेलकुदको विकास र प्रवर्द्धनमा योगदान दिनेहरुलाई अघि सारेको ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्वन्धि कार्यविधि–२०८१’ को कार्यविधि प्रदेश सरकारले प्रमाणित गरेको छ ।

गण्डकी प्रदेश सरकारले कार्यविधि प्रमाणित गरी सार्वजनिक गरे संगै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले खुसी व्यक्त गरेका छन् । नेपाली खेल क्षेत्रमा पहिलो पटक खेलाडीसहित खेल क्षेत्र विभुषित गर्ने ‘प्रदेश खेलकुद पदक’ ले विभुषित हुने भए पछि यो विषय नेपाली खेलकुद क्षेत्रमा नयाँ आयाम भन्दै उनले खुसी व्यक्त गरे । “प्रदेश सरकारले कार्यविधिलाई पारित मात्रै गरेको छैन अव प्रमाणिकरण समेत भएको छ”, उनले भने–“यो खेलकुद क्षेत्रका लागि खुसीको विषय हो ।”

प्रदेश खेलकुद पदकबाट हरेक वर्ष २१ जना विभुषित हुनेछन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकुदमा विशेष योगदान दिएका व्यक्ति, रेफ्रि, व्यवस्थापक, अफिसियल, खेल पत्रकार तथा सञ्चार गृह समेत यो पदकबाट विभुषित हुनेछन् । खेलकुद क्षेत्रमा विशेष योगदान दिने राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी, खेल प्रतियोगिता आयोजना गर्ने व्यक्ति संघ–संस्था, फर्म र खेलाडी कल्याणकारी कोषको रकम वृद्धिमा सहयो गर्ने र खेल क्षेत्रमा आर्थिक सहयोग गर्ने व्यक्ति, निकायलाई समेत खेलकुद पदकबाट विभूषित हुने कार्यविधिमा उल्लेख छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले सञ्चालन गर्ने प्रदेश खेलकुद पदकको संरक्षक गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री हुने व्यवस्था कार्यविधिमा रहेको छ । प्रदेश खेलकुद पदकले खेलकुद प्रतिको भावना जागरुक बनाउन महत्वपूर्ण भुमिका रहने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close