
पोखरा स्पोर्टस । गिरिजाप्रसाद कोइराला फाउन्डेशनले आयोजना गर्न लागेको ‘जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप २०२२’प्रतियोगिता यही चैत ५ र ६ गते हुने भएको छ । स्व. कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा काठमाडौँको दशरथ रङ्गशालामा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सात प्रदेशको दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलका क्रमशः तीन/तीन महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी तौल समुहका खेलाडीहरुको सहभागिता हुने भएको छ ।
विजेता खेलाडीलाई क्रमशः ५००, ३०० र २०० अमेरिकी डलरका साथै पदक र प्रमाणपत्र वितरण गरिने फाउन्डेशनका खेलकुद विभाग सहसंयोजक धर्मराज गिरीले जानकारी दिए ।
भोलिका दिन खेलाडीहरुलाई अगाडि बढाउन प्रेरित गर्नाका साथै खेलबाटै तिनको जीवन व्यतित गर्न सकिने बनाउन उनले प्रयास गरिएको गरिएको बताए । फाउन्डेशनको शाखा ७७ वटा जिल्लामा छ । पूर्वप्रधानमन्त्री स्वः कोइरालाको योगदान तथा विचारलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको होे ।
