प्रदेश खेलकुदको आर्थिक सहयोगमा टेनिस र बास्केटबलको पूर्वाधार

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आर्थिक सहयोगमा पोखरा रंगशाला भित्र टेनिस र बास्केटबलको पुर्वाधार निर्माण गरिएको छ ।

१० वर्ष मुनीका बालकहरु पोखरा रंगशालामा प्रशिक्षण लिंदै

परिषदको चालु आवबाट पोखरा रंगशालामा जुनियर टेनिस कोर्ट र बास्केटबलतर्फ प्यारापिट निर्माण गरिएको हो । यूवा तथा खेलकुद मन्त्रालय मार्फत प्राप्त ५ लाख रकमबाट पोखरा रंगशालामा पहिलो पटक जुनियर टेनिस कोर्ट निर्माण कार्य सुरु गरिएको छ । उपभोक्ता समिती मार्फत कास्की जिल्ला टेनिस संघले उक्त निर्माण कार्यको थालनी गरेको छ । निर्माण बारे जानकारी गराउँदै संघका अध्यक्ष लोक बहादुर गुरुङले टेनिस कोर्ट निर्माण पछि १० वर्ष मुनीका टेनिस खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

पोखरामा हरेक वर्ष जुनियरतर्फको आइटिएएफ प्रतियोगिता आयोजना समेत गर्दै आएको कास्की जिल्ला टेनिस संघले जुनियर खेलाडी उत्पादनमा विशेष ध्यान दिन थालेको छ । “पोखरा जुनियर खेलाडीका लागि आकर्षणको केन्द्र बन्दै गएको मात्रै छैन हरेक वर्ष आयोजना हुने प्रतियोगितामा विदेशी खेलाडीको सहभागिता समेत बढ्दै गएको छ”, अध्यक्ष गुरुङले भने । प्रदेश खेलकुदबाट उपलव्ध गराएको ५ लाखबाट निर्माण कार्य सुरु गरिएको भए पनि निर्माण खर्च भने १० लाख नाघने उनले बताए । “निमार्ण त सुरु गरेका छौं तर रकम नपुग्ने भएको छ तर पनि हामी निर्माण कार्यलाई सम्पन्न गर्ने सोंच बनाएको छौं”, उनले थपे ।

यत प्रदेश खेलकुद परिषदकौ चालु आवबाट पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा प्यारापिट निर्माण गरिएको छ । रंगशालामा लामो समय देखि बास्केटबल कोर्ट भए पनि दर्शकहरुलाई भने बसेर हेर्ने सुविधा भने थिएन । “लामो समयको प्रयास पछि तिन लाइनको प्यारापिट निर्माण सम्पन्न गरेका छौं”, जिल्ला बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले भने–“अब थोरै भए पनि दर्शकहरुले राहत पाउने छन् ।”

निर्माण सम्पन्न भएको पोखरा रंगशालास्थित बास्केटबल कोर्ट

पछिल्लो समयमा युवाहरुको रोजाईमा परेको बास्केटबल खेलको पुर्वाधारलाई अझै धेरै सुधार गर्नुपर्ने प्रदेश खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका गुरुङले भने–“अहिले पोखरामा धेरै विद्यालय र कलेजमा समेत बास्केटबलको मोह बढ्दै गएको छ । तर भने जस्तो पूर्वाधारले भने गति लिन सकेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close