नेपाली धावक नारायणले कुवेतमा जिते उपाधी

पोखरा स्पोर्टस । नेपाली धावक नारायण श्रेष्ठले अमेरिकन युनिर्भसिटी मिडिलइष्ट दौडको (एयूएम) को उपाधी जितेका छन् ।

उनले यो लगातार तेस्रो पटक उपाधी जितेका हुन् । मध्यपुर्व एयुएम रनमा उपाधी हात पारेपछि उत्साहित हुदै धावक श्रेष्ठले नेपालको नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘कोभिड १९ को महामारीका कारण केहि समयदेखि रोकिएको थियो । त्यसको लागि म पर्खीरहेको थिए ।’ उनले २.४ किलोमिटर दौड नौ मिनेट ३८ सेकेन्डमा पुरा गरेका थिए ।

उनले आफूले खेल रोकिए पनि नियमित अभ्यासलाई नछोडेकै कारण उपाधी जित्न सफल भएको दावी गरेका छन् । दौडमा विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले उपाधीसँग २ लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कारसमेत हात पारे ।

त्यसैगरी नेपालका अर्का धावक टिका कुमालले तेस्रो स्थान हासिल गरे । दोस्रो स्थानमा भने लेबनानका अर्दित लुसी आए । दौडमा लेबनान, इजिप्ट, नाइजेरिया, भारत, क्युवा, जोर्डन, कुवेत, कतार, साइप्रस, चेकोस्लाभिया र युरोपका धावकहरुको सहभागिता थियो । उक्त दौड कुवेतको अमेरिकन युनिभर्सिटी अफ मिडिल इष्टले आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close