तेक्वान्दो पुम्सेमा सहभागिता जनाउन कास्की टोली प्रस्थान

पोखरा स्पोर्टस । कास्की तेक्वान्दोको टोलीले लिग पुम्सेमा सहभागिता जनाउन काठमाण्डौ प्रस्थान गरेको छ ।

नेपाल तेक्वान्दो संघ काठमाण्डौले आयोजना गर्ने “प्रथम एनटिए ओपन पुम्से तेक्वान्दो लिग च्याम्पियनसिप”मा सहभागिता जनाउन त्यस तर्फ प्रस्थान गरेको छ । कास्कीबाट १५ जना खेलाडीले विभिन्न उमेर समुहमा प्रतिस्पर्धा गर्ने टिमकी प्रशिक्षक रहेकी रेख मायाँ गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएकी छन् ।

उक्त प्रतियोगितामा ८ वर्ष मुनीको खेलाडी प्रविसन गुरुङ, १०–१२ वर्ष उमेर सुमहमा एरिक राना, विश्व विक, लिजा पुन, र आरुश नेपाली र साइमान गुरुङले प्रतिस्पर्धा गर्नेछन् । त्यसै गरी १२ देखि १४ वर्ष उमेर समुहमा प्रतिक्षा राना, माया गुरुङ, सुभन गुरुङ र अपिल गुरुङ रहेका छन् ।

प्रतियोगितामा १४–१७ वर्ष उमेर सुमहमा मियोङ गुरुङ र सचिज विक, १७–३० वर्ष उमेर समुहमा अपर्णा अधिकारी र आयुश गुरुङ तथा ३० देखि ४० वर्ष उमेर समुहमा रेख माया आफै कोर्टमा उत्रिने छन् । उनी अव्सुलुट तेक्वान्दोकी प्रशिक्षक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close