गण्डकी प्रदेश तेक्वान्दो छनौट प्रतियोगीता : कास्कीलाई उपाधि (साथमा फोटो फिचर)

गण्डकी प्रदेशबाट छानिए २५ खेलाडी

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश द्वारा आयोजित गण्डकी प्रदेशस्तरिय तेक्वान्दो छनौट प्रतियोगितामा कास्की टिम च्याम्पियन हुँदै उपाधि जितेको छ ।

पोखरा रंगशालामा जारी दुई दिने छनौट प्रतियोगितामा कास्कीले समग्र ११ तौल समुहमा प्रथम हुँदै उपाधि जितेको हो । त्यस्तै चार वटा तौल समुहमा प्रथम हुँदै म्याग्दीले दोश्रो स्थान र विभिन्न चार वटा तौल समुहमा प्रथम स्थान प्राप्त गर्दै पर्वत जिल्ला तेस्रो भएको छ । पोखरामा शुक्रबार सम्पन्न प्रतियोगीतामा कास्कीले थप ११ वटा तौल समुहमा दोस्रो स्थान र म्याग्दीले पाँच तौल सुमहमा दोस्रो स्थान र पर्वत तिनवटा तौल समुहमा दोस्रो स्थान प्राप्त गरेका थिए ।

दुई दिने छनौट प्रतियोगितामा पुरुष र महिला तर्फको गरी पाँच जिल्लाका कुल २६ खेलका विभिन्न तौल समुहमा १ सय १३ जना खेलाडी सहभागी रहेका थिए । जसमा प्रथम स्थान हासिल गर्ने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन । छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ केजी तौलतर्फ मन्दिप सुनार, ५८ केजिमा पर्वतका सुरज कंडेल र ६३ केजिमा पर्वतकै प्रकाश माझी रहेका छन भने ६८ के.जिमा कास्कीका हेमन गुरुङ छन । त्यसै गरी ७४ केजिमा म्याग्दीका कृपेश शर्मा र ८० केजिमा कास्कीका शकील लामगादे र ८७ केजिमा निरज नेपाली र ८७ केजितर्फ नै पर्वतका सुजन रोक्का रहेका छन ।

त्यसै गरी पुरुष जुनियर तर्फ ४८ केजि समुहमा म्याग्दीका दिपेस पुर्जा, ५५ केजि समुहमा कास्कीका सुजन गुरुङ, ६३ केजि समुहमा तनहुँका राजन परियार छन भन्ने नवलपुरका मनिष महतो र नवलपुरकै सुरेश जेडिमगर ७८ केजिसमुहमा विजयी भएका छन ।

त्यसै गरी महिला सिनियर तर्फ ४६ केजि समुहमा म्याग्दीका इशा गर्बुजा, ४९ केजिमा कास्कीका सरिता बयलकोटी, ५३ केजि समुहमा मनालिसा मल्ल, ५७ केजिमा अन्जना परियार, ६२ केजि समुहमा पार्वती श्रेष्ठ, ६७ केजि समुहमा पर्वतका स्मृती नेपाली र ७३ केजिमा म्याग्दीकी ममता गर्वुजा रहेका छन ।

महिला जुनियर तर्फको ४४ के।जि मुुनि गोरर्खाकी आकृती श्रेष्ठ, ४९ के.जिमा कास्कीकै अनिशा परियार ५५ केजिमा र सदिक्षा सुनार ६३ केजिमा छनौट भएका छन भन्ने बाग्लुङका बुद्ध गुरुङ ५५ के.जि र ६८ के.जिमा ग्रिन गुरुङ छनौट भएका छन ।

विजयी खेलाडी तथा टिमलाई ट्रफी र प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजीव गुरुङले ट्रफी वितरण गदै खेलकुदको संस्थागत बिकासका लागी मन्त्रालय संधै खेलाडीको साथमा रहेको बताए ।

खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले व्यवसायिक खेलाडी उत्पादन गर्ने जोड दिए ।

सो अवसरमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश अध्यक्ष जगन बहादुर गुरुङले ओलम्पियन नारायण गुरुङलाई संस्थाको तर्फबाट सम्मान गरेका थिए ।

विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, केन्द्रिय सदस्य मदन केसी, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, तेक्वान्दो गण्डकीका महासचिव रमेश पौडेल लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close