शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति भलिबल : राङखोला र भंगारा फाइनलमा

पोखरा स्पोर्टस । राङखोला युवा क्लब र भंगारा युवा क्लब दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

स्व.शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित गरेको हो । विजेताका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

स्याङजाको सिरुवारीमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा भंगाराले महाशिला युवा क्लबलाई २५–१८, २५–२० र २५–१४ को सोझो सेटमा हरायो । भंगाराका सुदीप गुरुङ र राजकुमार नेपाली ‘म्यान अफ द म्याच’ चुनिए ।

फाइनलमा शुक्रबार हुने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

त्यसअघि बिहीबारै भएको क्वाटरफाइनलमा खेवाङले आँधीखोलालाई २–१, राङखोलाले प्रगतिशिल युवा क्लबलाई २–०, महाशिलाले दरौ युवा क्लबलाई २–० तथा भंगाराले पञ्चमुल सिरुवारीलाई २–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close