
पोखरा स्पोर्टस । पोखरामा गण्डकी जुडो संघको गठन भएको छ । पोखरामा आयोजित एक भेलाले तदर्थ समिती गठन गरेको हो ।
स्मरणिय के छ भने २०७१ सालमा गठन भएको कास्की जुडो संघनै प्रदेश समितीमा समाहित भएको नवगठित गण्डकी जुडो संघका अध्यक्ष रुद्र मल्लले जानकारी दिएका छन । गठित तदर्थ कार्यसमितीमा अध्यक्षमा रुद्र मल्ल, उपाध्यक्षमा दिल जैशी, उपाध्यक्ष पद्मा छन्त्याल, सचिवमा निरज पन्त, सह सचिबमा सरिता गुरुङ, सदस्यहरुमा यादब गौतम, सुजन श्रेष्ठ, बिक्रम पुन, किसल्या शाह, प्रनिशा सिलवाल, साहिद अलि मिया, चदनी रन्जित र सुमन्त छेत्री रहेका छन ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेज बहादुर गुरुङले जुडो खेलको निकै सम्भावना रहेको बताए । उनले खेलाडीहरुलाई आफ्नो प्रशिक्षणमा ध्यान दिन र अनुशासित भएर खेल्न आग्रह गर्दै जुडोबाट पदकको समेत सम्भावना रहेको उल्लेख गर्दै प्रदेश खेलकुद परिषद सहयोगका लागि तयार रहेको जनाए ।
उक्त कार्यक्रममा जुडोका सिनियर प्रशिक्षक होम थापा, बिरेन्द्र रन्जित, उपाध्यक्ष पद्मा छन्त्याल, संघका सदस्य यादब पोख्रेल, कास्की जुडो संघका उपाध्यक्ष दिल जैसी, जुडोका प्रशिक्षक बिरेन्द्र रन्जित, संघका सचिव निरज पन्त लगायतले आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा नव गठित तदर्थ संघका अध्यक्ष मल्लले गण्डकी जुडो संघको एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको उद्घोष समेत गरे ।
