अन्तर्राष्ट्रिय नारी दिवसमा आयोजित हाफ म्याराथन कान्छीमायाले जितिन

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिता कान्छीमाया कोजुले जितेकी छन् ।

दमौलीको व्यासगुफाबाट तनहुँ सुरसम्मको हाफ म्याराथनमा पहिलो हुँदै उनले नगद ४१ हजार ७८ रुपैयाँ हात पारेकी हुन् । त्यस्तै प्रतियोगितामा रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएका छन् । उनीहरुले क्रमश नगद रु ३१ हजार ७८ र रु २१ हजार ७८ प्राप्त गर्न सफल भएका छन् । त्यस्तै सान्तवना हुने पाँच जनालाई जनही नगद रु ११ हजार ७८ प्रदान गरिएको आयोजकले जनाएको छ ।

खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न आयोजित उक्त हाफ म्याराथनमा ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

व्यासगुफाबाट सुरु भएको उक्त दौड अनसन चौतारी, दुर्गा मन्दिर, भोर्लेटारचोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुली चोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलेचौर, धरमपानी, गद्धीचौतारा हुँदै व्यासनगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुगेर समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close