नेपाली कराते टोली थाइल्यान्ड जाँदै

पोखरा, २३ असार । थाइल्यान्ड ओपन कराते च्याम्पियनशिपमा सहभागी हुन १२ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

जुलाई १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा आयुशा तामाङ, जिया कार्की, सविना श्रेष्ठ, छिरिङ वाङमो शेर्पा, अंकित गुरुङ, अनिश लामिछाने, रामदास गोपाली, सुशिल पौडेल, रमेशकुमार खत्री, राजकुमार रसाइली, सुबिन खत्री र सोनी राईले प्रतिस्पर्धा गर्ने छन् ।

टोली नेतामा कुमार बस्नेत, व्यवस्थापकमा किसनराज सिंह, प्रशिक्षकमा सचिन चौलागाईं, अफिसियलमा श्याम अधिकारी, बिकास राजवाहक, दिनेश सिवाकोटी, फुन्सोक तामाङ, महेश खड्का, कृष्णबहादुर पाइजा, सञ्जय महर्जन र राजेन्द्र महर्जन रहेका छन् । निर्णायकमा सञ्जय रन्जित, हीरादेवी राई, शान्ताबहादुर तामाङ, सानुबाबु तामाङ, निरज महर्जन र उमेश बोडे श्रेष्ठ छन् ।

टोलीलाई कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बिदाइ गरेका थिए । टोलीमा समाबेस खेलाडी तथा अफिसियललाई कुमारी बैंकले ट्रयाक सुट प्रायोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close