जुनियर टेनिसमा नेपाललाई स्वर्ण, अष्ट्रेलिया जाने

पोखरा, आईटीएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् ।

इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो । त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो । यु–१४ उमेरसमूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वर्ल्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ । नेपाल संगै दोश्रो भएको श्रीलंका पनि छनोट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close